निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न बन्यो उपसिमिति

हिमाल प्रेस १६ असोज २०८३ १५:३६ | Friday, October 2, 2026
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न बन्यो उपसिमिति

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोसाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो।

उपसमितिमा सांसदहरु ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

उपसमितिलाई निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमिता भएको भन्नेबारे परेको उजुरीको अध्ययन गरी प्रतिवेदन पेस गर्न भनिएको छ। समिति सभापति भरतबहादुर खड्काले उजुरीको अध्ययनका सम्बन्धमा आएका सुझावहरुलाई समितिले ग्रहण गरेर अघि बढ््ने बताए।

बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीमा भएको अनियमितामा आफूले निरन्तर आवाज उठाइरहेकाले आफूलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए। आफूलाई बाहिर राखेर उपसमिति गठनको औचित्य नहुने उनले बताए।

बैठकमा अन्य दलका केही सांसदहरुले सांसद सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले समितिमा राख्न नहुने धारणा राखेका थिए। त्यसपछि सबैको सहमतिमा सुनारलाई पनि उपसमिति सदस्यमा राखिएको थियो।

सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोसाक खरिद गर्दा ६० करोडभन्दा बढी अनियमितता भएको उजुरी परेको थियो।

प्रकाशित: १६ असोज २०८३ १५:३६ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast