टाइगर कप भलिबलमा थाइ टोली एपीएफसँग स्तब्ध

हिमाल प्रेस १० माघ २०८२ २०:०५ | Saturday, January 24, 2026
34
SHARES
टाइगर कप भलिबलमा थाइ टोली एपीएफसँग स्तब्ध

पोखरा– पोखरामा जारी छैटौं टाइगर कप भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघले एक–एक जित निकालेका छन्। यस्तै, महिलातर्फ विभागीय नेपाल पुलिस क्लब र एपीएफ विजयी भए।

टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा भएको प्रतियोगितामा पर्वतले विभागीय पुलिसलाई ३–२ सेटमा पराजित गरेको हो। सुरुआती सेट २५–२२ र ३१–२९ आफ्नो पक्षमा पारेकामा तेस्रो सेट २१–२५ र १८–२५ ले गुमाएको थियो।

पाँचौं तथा अन्तिम सेटमा १५–१३ ले पराजित गर्न सफल भएको हो। पर्वतको टिममा तीन पाकिस्तानी खेलाडी सम्मिलित थिए।

पुरुषतर्फ अर्को खेलमा गण्डकी प्रदेशले विदेशी माल्दिभ्स भलिबल एसोसिएनलाई ३–० को सोझो सेटमा हरायो। उसले २५–१३, २५–१४ र २५–२१ ले जितेको हो। माल्दिभ्स पहिलो दिन आर्मीसँग पनि पराजित हुँदा एपीएफले गण्डकीलाई हराएको थियो।

शनिबार महिलातर्फ विभागीय पुलिसले आर्मीलाई ३–१ सेटमा पराजित गरेको छ। पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुपर्‍यो। पुलिसले पछिल्लो सेट २५–१७, २५–२२ र २५–१३ ले जितेको हो।

महिलातर्फ नै पाहुना टोली थाइल्यान्ड क्विन्समाथि एपीएफले रोमाञ्चक जित हात पारेको छ। एपीएफले २५–२३, २५–२१, २२–२५, २३–२५ र १५–१३ सेटले हराएको हो।

पहिलो दिन एपीएफले गण्डकी प्रदेश भलिबल संघलाई, आर्मीले माल्दिभ्स भलिबल क्लबलाई र महिलातर्फ टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले आर्मीलाई पराजित गरेका थिए। आइतबार ४ खेल हुने आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले बताए।

प्रकाशित: १० माघ २०८२ २०:०५ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast