शेरले ४ विकेट लिदा श्रीलंका ए सँगको अभ्यास खेलमा नेपाल विजयी

हिमाल प्रेस १० माघ २०८२ १३:५२
16
SHARES
शेरले ४ विकेट लिदा श्रीलंका ए सँगको अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ- आईसीसी टी २० विश्वकपको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार श्रीलंका ‘ए’ लाई सात विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १६।२ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ३४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

नेपाली टोलीको जितमा कुशल भुर्तेलले ३५ बलमा ४९ रनको योगदान गरे । आरिफ शेखले २२ बलमा अविजित २४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले पनि केवल १५ बलमा अविजित २२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले १९ रन बनाए । आसिफ शेखले पनि टोलीको खातामा ११ रन थपे ।

त्यसअघि, श्रीलंका ‘ए’ का लागि करुणारत्नेले २३ बलमा ३८ रन बनाए । डिकवेलाले पनि २७ बलमा ३३ रनको योगदान गरे । नेपाली टोलीका बलर शेर मल्लले चार विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेल र नन्दन यादवले एक/एक विकेट हात पारे ।

प्रकाशित: १० माघ २०८२ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast