सुर्खेत पुगेर हर्क साम्पाङले भने : विदेशीको इसारामा देश चलिरहेको छ, माटोप्रतिको माया हरायो

हिमाल प्रेस १० माघ २०८२ ६:५५ | Saturday, January 24, 2026
4
SHARES
सुर्खेत पुगेर हर्क साम्पाङले भने : विदेशीको इसारामा देश चलिरहेको छ, माटोप्रतिको माया हरायो

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन्।  पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत पुगेका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताए।

उनले भने, ‘मैले सत्य लुकाएर बोल्न जानेको छैन। बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु।’विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उनले माटोप्रतिको अक्षुण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दावी गरे।

उनका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ। पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गरे।

प्रकाशित: १० माघ २०८२ ६:५५ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast