काठमाडौँ-९ मा प्रलोपाले बनायो २५१ सदस्यीय चुनाव परिचालन समिति

हिमाल प्रेस ९ माघ २०८२ ६:५३
46
SHARES
काठमाडौँ-९ मा प्रलोपाले बनायो २५१ सदस्यीय चुनाव परिचालन समिति

काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल बढेको छ।

सोही सन्दर्भमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) काठमाडौँ जिल्ला क्षेत्र नं. ९ का उम्मेदवार राजु रोकाको निर्वाचन परिचालनसम्बन्धी क्षेत्रस्तरीय छलफल कार्यक्रम गरिएको छ।

बुधबार सम्पन्न कार्यक्रमले सञ्जय देव महर्जनको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

कार्यक्रममा सहभागी नेताहरूले काठमाडौँ क्षेत्र नं. ९ मा प्रलोपाको बलियो जनाधार र संगठनात्मक पकड रहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजय दिलाउन संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा स्थानीय नेताकार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले जनताको मुद्दालाई केन्द्रमा राख्दै घरदैलो अभियान, मतदाता भेटघाट र प्रचारप्रसारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेका थिए।

प्रलोपा उम्मेदवार राजु रोकाले जनताको विश्वास र समर्थनलाई आत्मसात् गर्दै परिवर्तनको राजनीतिलाई संस्थागत गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

प्रकाशित: ९ माघ २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast