जनकपुरधाम- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनीष झा, राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा र नेपाली कम्युनिस्ट पार्टीबाट रामललित यादवले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, धनुषा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामविनोद यादव, नेकपाबाट रामचन्द्र झाले उम्मेदवारी दर्ता गराएका छन्।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषामा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रकाशित: ६ माघ २०८२ १४:२१
प्रतिक्रिया



