हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ : ओली

हिमाल प्रेस ५ माघ २०८२ १६:११ | Monday, January 19, 2026
12
SHARES
हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर।

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुगेका ओलीले चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त धारणा व्यक्त गरेका हुन्।

‘शान्ति सुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,’ उनले भने, ‘हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ।’

चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायतले उनलाई स्वागत गरेका थिए।

निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आएको जिल्ला अध्यक्ष गिरीले बताए।

पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उनले बताए।

गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आएका हुन्।

प्रकाशित: ५ माघ २०८२ १६:११ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast