काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा १००, सानो लोकल गोलभेँडा ६०, टनेलको सानो गोलभेँडा ८६, लोकल गाँजर ७३, रातो आलु ३०, भारतीय रातो आलु २६, भारतीय सुकेको प्याज ४३, लोकल बन्दा ७०, स्थानीय काउली १०२, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो छ।
करेला १७०, लौका ८५, तराईको परब २३०, डल्ले फर्सी ३७, लाम्चो फर्सी ३८, भिन्डी ११६, कन्य च्याउ ११०, डल्ले च्याउ ४२४, ब्रोकाउली १२२, तरुल ७३ रुपैयाँ प्रतिकिलो छ।
प्रकाशित: ३ माघ २०८२ ८:४८ | Saturday, January 17, 2026
प्रतिक्रिया





