देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव, तराईमा हुस्सु

हिमाल प्रेस २ माघ २०८२ ६:३२ | Friday, January 16, 2026
20
SHARES
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव, तराईमा हुस्सु

काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २ माघ २०८२ ६:३२ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast