विशेष महाधिवेशनले अनुमोदन गरेको नेतृत्व नै आधिकारिक कांग्रेस : गगन थापा

हिमाल प्रेस ३० पुष २०८२ १६:५५ | Wednesday, January 14, 2026
24
SHARES
विशेष महाधिवेशनले अनुमोदन गरेको नेतृत्व नै आधिकारिक कांग्रेस : गगन थापा गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन पक्षबाट कारबाहीमा परेका महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाट अनुमोदन भएको नेतृत्व नै आधिकारिक कांग्रेस नेतृत्व हुने बताएका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताए। उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे बुधबार नै निर्वाचन आयोगमा जानकारी गराइने पनि जानकारी दिए।

उनले आफूले पार्टीभित्र सहमतिको हरसम्भव प्रयास गरेको पनि दाबी गरे। ‘मैले सहमतिको लागि अन्तिम क्षणसम्म प्रयास गरेँ,’ थापाले भने। थापाले शेरबहादुर देउवालाई कुरा बुझाउन नसकेको पनि स्वीकार गरे। ‘आज बिहान पनि उहाँले वैशाखमा नियमित महाधिवेशन हुन्छ, त्यतिबेला सभापति बन्नू भन्नुभयो,’ थापाले भने, ‘तर मैले उहाँलाई कुरा बुझाउनै सकिनँ।’

आफूहरू अहिले पनि पार्टीको वैधानिक संरचनाभित्र रहेको बताउँदै थापाले आफू र विश्वप्रकाश शर्मा दुवै वैधानिक महामन्त्री रहेको जिकिर गरे। ‘म अहिले महामन्त्री छु, विश्वप्रकाश शर्मा पनि महामन्त्री हुनुहुन्छ,’ उनले भने, ‘हामी त्यसै पार्टीको संसदीय समितिभित्र छौं।’

थापाले पार्टीभित्रको अहिलेको विवाद आफूहरू व्यक्तिगत रूपमा सुरक्षित रहने वा नरहने विषय नभएको बताए। ‘हाम्रोबारेमा चिन्ता नै होइन,’ उनले भने, ‘हामी त जोखिम उठाउन खोज्दैछौं।’

प्रकाशित: ३० पुष २०८२ १६:५५ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast