निर्णायक वार्ताका लागि देउवानिवासमा गगन-विश्व

हिमाल प्रेस ३० पुष २०८२ ९:३४
28
SHARES
निर्णायक वार्ताका लागि देउवानिवासमा गगन-विश्व

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच पार्टी विवादबारे अहिले वार्ता भइरहेको छ। देउवा निवास महाराजगन्जमा उनीहरूबीच छलफल भइरहेको हो। देउवाले सहमतिका लागि संवाद गर्न बोलाएपछि दुवै महामन्त्री देउवा निवास पुगेका हुन्।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि देउवाले दुवै महामन्त्रीलाई बुधबार बिहानै आफ्नो निवास महाराजगन्ज बोलाएका हुन्।

अहिले उनीहरूबिच छलफल जारी रहेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए। देउवा निवासमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाललगायत शीर्ष नेता पनि छन्। सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast