कांग्रेस बैठक भोलिसम्मका लागि स्थगित, सकारात्मक परिणाम आउने अपेक्षा

हिमाल प्रेस २९ पुष २०८२ १९:५३ | Tuesday, January 13, 2026
28
SHARES
कांग्रेस बैठक भोलिसम्मका लागि स्थगित, सकारात्मक परिणाम आउने अपेक्षा

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि गरिएको प्रयास सकारात्मक दिशामा अघि बढेको भन्दै बैठक भोलि (बुधबार) बिहानसम्मका लागि स्थगित भएको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सकारात्मक परिणाम आउने अपेक्षाका साथ बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको बताए।

‘आजको बैठकमा अनौपचारिक रूपमा प्रगति हुन्छ कि भनेर अन्यथा निर्णयमा पुगेनौँ,’ उनले भने, ‘भोलि बिहान ८ बजे फेरि बैठक बस्छौँ र सकारात्मक परिणाम आओस् भनेर पनि अपेक्षा लिएका छौँ।’

उनले विशेष महाधिवेशन पक्षधरहरूलाई एकताबद्ध भएर जान पनि अनुरोध गरेका छन्।

‘अहिले अन्यथा बाटोमा जान बेला होइन, सबै साथीहरुको भावनालाई कदर हुन्छ,’ उनले अनुरोध गर्दै भने, ‘पार्टी एकताबद्ध भएर जाँदा सबैको सम्मान र उहाँहरूको आ–आफ्नो योग्यता र क्षमताको प्रयोग हुन्छ भन्ने पनि लाग्छ।’

प्रकाशित: २९ पुष २०८२ १९:५३ | Tuesday, January 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast