प्रधानमन्त्री कपको उपाधि सुदूरपश्चिमलाई

हिमाल प्रेस ७ माघ २०७९ १७:५७ | Saturday, January 21, 2023
प्रधानमन्त्री कपको उपाधि सुदूरपश्चिमलाई प्रधानमन्त्री कपको उपाधि हात पारेपछि सुदूरपश्चिमका खेलाडी।

काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। इटहरीमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिमले प्रदेश १ माथि ६ विकेटको जित हासिल गरेको हो।

पहिलो पटक च्याम्यिन बनेको सुदूरपश्चिमले प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य एक बल बाँकी छँदा पूरा गरेको थियो। कविता जोशीले अन्तिम ओभरमा बनाएको सात रन सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण साबित भयो। अविजित रहेकी उनले १९ बलमा २० रन जोडिन्।

उनीसँगै नटआउट रहेकी सम्झना खड्काले विजयी टिमका लागि सर्वाधिक २७ रन जोड्न सफल भइन्।

कप्तान बिन्दू रावल र कविता कुँवरले पहिलो विकेटका लागि १५ रन बनाउँदा सुदूरपश्चिमले मजबुत सुरुवात गर्न सकेको थिएन। तर मध्यक्रमका ब्याटरर नडाराई खेलेपछि सुदूरपश्चिमको इनिङ्स सम्हालिएको थियो। सुदूरपश्चिमका लागि सम्झना र दुई कविताबाहेक उल्लेखनीय रन बटुल्ने अर्की ब्याटर डोली भट्ट रहिन्। उनले १६ बल सामना गर्दा २२ रन बनाएकी थिइन्।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर काजल श्रेष्ठले ६३ बलमा ४८ रन बटुलेकी थिइन्। उनीसँग ओपनिङ गरेकी कप्तान रुविना क्षेत्रीले १४ र अप्सरी बेगमले १५ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहारो अंकको स्कोर छुन सकेनन्।

प्रदेश १ लाई विशाल योगफल बनाउनबाट रोक्न सुदूरपश्चिमकी मनिषा चौधरीले दुई र रितु कनौजियाले एक विकेट लिए।

सुदूरपश्चिमकी कविता कुँवर ‘प्लेयर अफ द सिरिज’, ‘बेस्ट ब्याटर’ र ‘प्लेयर अफ द च्वाइस’ घोषित भइन्। ‘बेस्ट बलर’ को पुरस्कार मनिषा चौधरीलाई दिइयो। उनी पनि सुदूरपश्चिमकै हुन्।

‘प्लेयर अफ द च्वाइस’ बनेवापत स्कुटर पुरस्कार पाएकी कविताले पाँच खेलमा १३४ रन बनाएकी थिइन्। प्रतियोगितामा यो कुनै पनि खेलाडीले बनाएको सर्वाधिक रन हो। उत्कृष्ट बलर चुनिएकी मनिषाले कुल ११ विकेट हात पारेकी थिइन्।

प्रकाशित: ७ माघ २०७९ १७:५७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast