सरकारलाई विश्‍वासको दियौं तर सोअनुरूप व्यवहार पाएनौं : राजकिशोर यादव

हिमाल प्रेस ७ माघ २०७९ १६:२४ | Saturday, January 21, 2023
सरकारलाई विश्‍वासको दियौं तर सोअनुरूप व्यवहार पाएनौं : राजकिशोर यादव राजकिशोर यादव

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिए पनि सोअनुरूप व्यवहार पाउन नसकेको दाबी गरे।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। आफूहरूले विश्वासको मत दिएर सरकार गठनमा समर्थन जनाउँदा पनि सोही अनुसारको व्यवहार नभएको उनको भनाइ छ।

उनले प्रधानमन्त्री प्रचण्ड मधेसी जनताप्रति उत्तरदायी नभएकोसमेत जिकिर गरे।

‘मधेसतिर जाँदा प्रचण्ड मधेससँग आफ्नो लभ परेको बताउँनुहुन्छ तर उहाँले लिभिङ टुगेदर कांग्रेससँग गरेर बिहे अर्कैसँग गर्नुभयो,’ उनले भने। उनले उपसभामुख निर्वाचनका लागि सत्तागठबन्धनकी उम्मेदवार इन्दिरा रानालाई समर्थन गरेको स्पष्ट पारे।

प्रकाशित: ७ माघ २०७९ १६:२४ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast