काठमाडौँ- द काउन्सिल अफ जेनजीका नेतृत्वकर्ता तथा हामी नेपालका संस्थापक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। उनले गोरखा क्षेत्र नं. १ बाट उम्मेदवारी दिने सामाजिक सञ्जाल फेसबुकमार्फत् घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।’
उनले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने खुलाएका छैनन्। द काउन्सिल अफ जेनजीले अन्य क्षेत्रमा पनि उम्मेदवारहरू सिफारिस गरिरहेको छ।
सुदनकै अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र साह (बालेन) र कुलमान घिसिङलाई आबद्ध गराउन सफल भएका थिए।
प्रकाशित: २५ पुष २०८२ १७:२५
प्रतिक्रिया



