‘संस्थापन पक्षले मुठभेड निम्त्याउन खोज्यो’

हिमाल प्रेस २४ पुष २०८२ १५:५८
58
SHARES
‘संस्थापन पक्षले मुठभेड निम्त्याउन खोज्यो’ विशेष महाधिवेशन आह्वान गरेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफूहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै योे पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो।

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफूहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कब्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफूहरुबाट नहुने बताए। उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे।

बिहीबार बिहान बसेको संस्थापन पक्षको भेलाले पुस २७ गते युवा भेला र २८ गते जिल्ला सभापतिहरूको भेला बोलाउने निर्णय गरेको बताइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गरेको अवस्थामा पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए।

पुष २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न यो पक्षले काठमाडौँको भृकुटीमण्डपमा समेत तयारी गरेको छ। भृकुटीमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ।

प्रकाशित: २४ पुष २०८२ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast