‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको सहकार्यमा ‘पेट्रोल पम्प’ बन्ने

हिमाल प्रेस २२ पुष २०८२ ११:५६ | Tuesday, January 6, 2026
108
SHARES
‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको सहकार्यमा ‘पेट्रोल पम्प’ बन्ने

काठमाडौँ- अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र अभिनेता तथा निर्देशक सुलक्षण भारतीको सहकार्यमा फिल्म ‘पेट्रोल पम्प’ बन्ने भएको छ। अभिनेत्री केकीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टमार्फत पुनः सहकार्य हुन लागेको जानकारी दिएकी छन्।

‘पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ,’ उनले लेखेकी छन्, ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ। त्यही प्रेरणा, त्यही आत्मा र त्यही मिहिनेतका साथ लिएर आउँदैछौँ, हाम्रो नयाँ प्रस्तुति ‘पेट्रोल पम्प’।’

फिल्म सुलक्षण भारतीले निर्देशन गर्नेछन्। निर्देशक सुलक्षण कै कथा रहेको फिल्मकी निर्माता भने केकी अधिकारी हुनेछिन्। सोसल ड्रामा जनरामा बन्ने फिल्म मा को-को कलाकार हुनेछन् भन्ने निर्माण पक्षले खुलाएकाे छैन।

यसअघि फिल्म ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए। निर्मातामा केकी नै। फिल्ममा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए। केकी मुख्य भूमिकामा थिइन्। फिल्मको ‘बुझिन मैले’ गीत चर्चित बनेको थियो।

प्रकाशित: २२ पुष २०८२ ११:५६ | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast