जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

हिमाल प्रेस २१ पुष २०८२ १६:०६ | Monday, January 5, 2026
14
SHARES
जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

मुगु- जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ। यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।

बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो। ना १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो।

आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पुर्‍याइएको थियो।

प्रकाशित: २१ पुष २०८२ १६:०६ | Monday, January 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast