२०२६ को पहिलो शुक्रबार यस्तो छ तपाईँको राशिफल

हिमाल प्रेस १८ पुष २०८२ ५:३१
10
SHARES
२०२६ को पहिलो शुक्रबार यस्तो छ तपाईँको राशिफल

आज मिति पुस १८ गते शुक्रबार । पुस शुक्ल चतुर्दशी तिथि। शुक्ल गर मृगशिरा पञ्चाङ्गको दिन। तदअनुसार जनवरी २ तारिख । यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्। हेर्नुस् आफ्नो राशिफल ।

मेष

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। साथीभाईको सहयोग मिल्नेछ। आयआर्जन पनि राम्रै हुनेछ।

वृष

आफ्नो अधिकारको लागि लड्नुपर्ने छ। काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ। शत्रुहरू पराजित हुनेछन्।

मिथुन

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ। सुखद् समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

कर्कट

सन्तानले प्रसन्नता दिलाउने छन्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह

परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कन्या

दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। काममा सफलता मिल्नेछ। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

तुला

सामाजिक मानसम्मान पाइने समय छ। रमाइलो यात्राको मौका रहेकोछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन्।

वृश्चिक

सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका श्रोतहरु फेला पर्नेछन्। साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ।

धनु

व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सफल गर्ने मौका छ।

मकर

पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ। मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ

धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन्। मनग्य धन कमाउने अवसर मिल्नेछ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेकोछ।

मीन

पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

प्रकाशित: १८ पुष २०८२ ५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast