कुलमान रास्वपा उपसभापति बनेकोमा शंकर पोखरेलको आपत्ति

हिमाल प्रेस १५ पुष २०८२ ९:४७ | Tuesday, December 30, 2025
34
SHARES
कुलमान रास्वपा उपसभापति बनेकोमा शंकर पोखरेलको आपत्ति ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ

काठमाडौँ- ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेकोमा  नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्। गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै उनले आपत्ति जनाएका हुन्।

सभापति रवि लामिछाने र बालेन्द्र शाहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो?’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

 

प्रकाशित: १५ पुष २०८२ ९:४७ | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast