इन्डो नेपाल टी २० च्याम्पियनसिपको उपाधि चितवनलाई

हिमाल प्रेस १४ पुष २०८२ ६:५५
4
SHARES
इन्डो नेपाल टी २० च्याम्पियनसिपको उपाधि चितवनलाई

काठमाडौँ- चितवनमा जारी इन्डो नेपाल टी२० च्याम्पियनसिपको उपाधि घरेलु टोली चितवन क्रिकेट क्लबले जितेको छ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबविरूद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै चितवन च्याम्पियन बनेको हो।

उपाधिसँगै चितवनले नगद ४ लाख रुपैयाँ जित्यो भने उपविजेतामा एपीएफले २ लाख रुपैयाँ प्राप्त गर्‍यो। पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ६ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो। दीपक बोहोराका ४७ रनको पारी खेले भने सुमित महर्जनले २८, अमर सिंह रौटेलाले २५ र सलहुदिन खानले २२ रन जोड्न सफल भए। चितवनका लागि दीपेश कंडेलले ४ ओभरमा २८ रन खर्चिँदै २ विकेट लिए।

एपीएफले जितका लागि दिएको १ सय ४४ रनको लक्ष्य चितवनले एक बलअगावै ९ विकेट गुमाउदै पूरा गर्‍यो। दोस्रो विकेटका लागि दीपक प्रसाद डुम्रे र शुभ कंशकारले ९५ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनको पारीलाई उकासेका थिए। शुभ कंशकारले ३७ बलमा ५ छक्का र ५ चौकासहित ६७ रन बनाए।

दीपकले ३ छक्का र एक चौकासहित ३७ रन जोडे। चितवनका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। अन्तिम बलमा ४ रन जरुरी परेको बेला विपिन खत्रीले दिनेश अधिकारीलाई छक्का प्रहार गर्दै चितवनलाई ऐतिहासिक जित दिलाएका हुन्। एपीएफका इर्शाद अहमदले ४ ओभरमा १८ रन खर्चिँदै ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भए। उनले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गर्दै ३ सय १० रन र ६ विकेट लिएका थिए। उत्कृष्ट ब्याटरमा दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलरमा चितवन क्रिकेट क्लबका दीपेश कंडेल घोषित भए।

मोहम्मदले ३ सय १८ रन र दीपेशले १६ विकेट लिएका थिए। यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्ली वन्डर्स क्रिकेट क्लबलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित गर्‍यो। १९८ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सकेपछि आर्मी ३६ रनले विजयी हुँदै प्रतियोगितामा तेस्रो भयो।

प्रकाशित: १४ पुष २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast