‘वैकल्पिक शक्तिको एकता’मा देखिएनन् कुलमान

हिमाल प्रेस १३ पुष २०८२ ७:०४
20
SHARES
‘वैकल्पिक शक्तिको एकता’मा देखिएनन् कुलमान ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ

काठमाडौँ- केही दिनयता ३ ‘वैकल्पिक’ शक्तिबीच एकता हुने भनिएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच मात्र सहमति भएको छ। यो सहमतिमा ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेटिएका छैनन्।

शनिबार मात्रै घिसिङले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने भएकाले एकता नभएको बताएका थिए। त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए । यता रवि र बालेनबीच भने रास्वपा नै रहने गरी सहमति भएको छ।

तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्। रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

रविले हिजो नै बालेनलाई घिसिङलाई पछि ल्याउने गरी सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। रास्वपाले पार्टी अध्यक्षमा रवि र भाबी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने छ।

प्रकाशित: १३ पुष २०८२ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast