सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो

हिमाल प्रेस ११ पुष २०८२ ११:११ | Friday, December 26, 2025
22
SHARES
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६९ हजार नाघ्यो

काठमाडौँ- आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत बुधबार पनि सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

आज भने सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँ बढी हो।

बिहीबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ६५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ११ पुष २०८२ ११:११ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast