कांग्रेस बैठक : महाधिवेशनसँगै समानुपातिक सूचीबारे छलफल

हिमाल प्रेस १० पुष २०८२ १७:२४ | Thursday, December 25, 2025
22
SHARES
कांग्रेस बैठक : महाधिवेशनसँगै समानुपातिक सूचीबारे छलफल फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार पनि पार्टीको महाधिवेशनका साथै समानुपातिक सूची तयार गर्ने विषयमा छलफल भएको छ।

बिहीबारको बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सूची तयार गर्नका लागि विभिन्न मापदण्डका बारेमा छलफल भइरहेको जानकारी दिएका हुन्।

युवाहरूको भावनालाई बुझ्न सक्ने, संसद्मा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरुलाई समेटेर सबै जिल्ला समावेश हुने गरी समानुपातिक सूची तयार गरिने उनले बताए।

त्यस्तै महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ। प्रवक्ता महतले क्रियाशिल सदस्यताको विवादका कारण जिल्ला अधिवेशन समयमा नै हुने नदेखिएको बताए।

उनले पार्टीका सदस्यहरूले कसैले कसैलाई दोष नदिई विधिसम्मत रूपमा क्रियाशील सदस्यताको विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखे। केन्द्रीय समिति बैठक केही दिन चल्ने उनले बताए।

प्रकाशित: १० पुष २०८२ १७:२४ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast