तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिने प्रयास कानुनविपरीत : ओली

हिमाल प्रेस १० पुष २०८२ १५:२१ | Thursday, December 25, 2025
14
SHARES
तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिने प्रयास कानुनविपरीत : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण वातावरणमा निर्वाचन भए जनताका बीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गर्दै अध्यक्ष ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुनेभए त्यसको सामना गर्न र जनताका बीचमा गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका हुन्।

ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नबन्ने बताए। राष्ट्रपतिले गरेको छलफलका क्रममा सरकारलाई सुरक्षाका बारेमा जानकारी गराउँदा पनि अवस्थामा भने खासै परिवर्तनको महशुस हुन नसकेको उनको भनाइ छ।

उनले अहिले पनि जेनजीका नाममा त्रास सिर्जना गर्ने काम भइरहेको बताए। अध्यक्ष ओलीले जेनजीका नाममा अरुले नै फाइदा उठाउन खोजेकाले देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्नेमा जोड दिए।

उनले जेनजी आन्दोलनमा सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत रहेको धारणा राखे।

उनले देशको राष्ट्रिय स्वाभिमानमाथि कसैले प्रश्न उठाए सह्य नहुने समेत बताए। ओलीले देशको विकासका योगदान दिन युवाहरुलाई आह्वान समेत गरे।

प्रकाशित: १० पुष २०८२ १५:२१ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast