पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थानहद फुकुवा

हिमाल प्रेस ८ पुष २०८२ १७:०१ | Tuesday, December 23, 2025
16
SHARES
पूर्वगृहसचिव दुवाडीसहित तीन जनाको स्थानहद फुकुवा

काठमाडौँ- भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। अनुसन्धानको दायरामा रहेका पूर्व गृहसचिव पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुबेर खापुङ र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।

उनीहरूलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय आयोगले गरेको थियो। आयोगले उनीहरूसँग बयान लिइसकेकाले स्थानहद फुकुवा गरेको जनाएको छ।

साथै आयोगले आज (मंगलबार) पत्र पठाउँदै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाएको छ। उनलाई शुक्रबार बयानमा बोलाइएको छ।

लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानमा बोलाउने आयोगको तयारी छ। तर ओलीले भने आफूले बयान नदिने सार्वजनिकरूपमा बताउँदै आएका छन्।

प्रकाशित: ८ पुष २०८२ १७:०१ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast