निर्धारित मितिमै निर्वाचन हुन्छ : घिसिङ

हिमाल प्रेस ७ पुष २०८२ १७:४८ | Monday, December 22, 2025
18
SHARES
निर्धारित मितिमै निर्वाचन हुन्छ : घिसिङ फाइल तस्बिर

काठमाडौँ– उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन्।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको बताए।

एक महिना अघिमात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो।

‘सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यस पार्टीले गरेको छ,’ उनले भने।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उनले बताए।

प्रकाशित: ७ पुष २०८२ १७:४८ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast