प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘जब फर्किन्छु घर’ गीत सार्वजनिक

हिमाल प्रेस ६ पुष २०८२ १५:३५ | Sunday, December 21, 2025
22
SHARES
प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘जब फर्किन्छु घर’ गीत सार्वजनिक

काठमाडौँ- फिल्म गत पुस ४ देखि हलमा प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘जब फर्किन्छु घर’ बोलको गीत सार्वजनिक भएको छ।

हेमन्त रानाको स्वर रहेको गीत गणेश कार्कीले लेखेका हुन। गीतमा मनोज थापा मगरले संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्मका कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मले नेपालको हालको अवस्थालाई चित्रण गरेको दर्शकले प्रतिक्रिया दिइरहेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि फिल्म हेरेको सामाजिक सञ्जालमा लेखेका छन्।

नागराज इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरताले जनतामा पारेको प्रभाव, नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ। साथै एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि प्रस्तुत गरेको टिमको दाबी छ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मकी निमात्री अनिशा सेन्दाङ लिम्बू हुन्।

प्रकाशित: ६ पुष २०८२ १५:३५ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast