नेपाल–बंगलादेश आर्थिक सहयोग प्रवर्द्धन कार्यक्रम सम्पन्न

हिमाल प्रेस ५ पुष २०८२ २०:४२ | Saturday, December 20, 2025
नेपाल–बंगलादेश आर्थिक सहयोग प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौँ-  बंगलादेशको राजशाहीमा ‘नेपाल–बंगलादेश आर्थिक सहयोग’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बंगलादेशस्थित नेपाली राजदूतावासको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दुई देशबीचको आर्थिक साझेदारी र व्यापारिक सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्ध सकारात्मक दिशामा अगाडि बढिरहेको बताए।

उनले विशेषगरी विद्युत, व्यापार, पर्यटन र वैदेशिक लगानीका क्षेत्रमा हालैका दिनमा प्राप्त उपलब्धिहरूले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरे।

‘नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ। म बंगलादेशी व्यवसायीहरूलाई आफ्ना नेपाली समकक्षीहरूसँग मिलेर साझा लगानी र सहकार्यका क्षेत्रमा सक्रिय हुन आग्रह गर्दछु,’ उनले भने।

कार्यक्रममा दूतावासका प्रथम सचिव योजना बमजनले नेपाल–बंगलादेश सहयोगका मुख्य आधारहरू प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा राजशाहीका सरकारी अधिकारी, विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतका उपस्थिति रहेको थियो।

प्रकाशित: ५ पुष २०८२ २०:४२ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast