नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

हिमाल प्रेस ४ पुष २०८२ २१:१९
14
SHARES
नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक भएको बताएका छन्।

नेपाल–भारत उद्योग वाणिज्य संघको ३१औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले नेपाल भारतबीच ऐतिहासिक, भौगोलिक र सांस्कृतिक सम्बन्ध रहेको बताए।

‘नेपालको आयात र निर्यातको ठूलो बजार भारत हो, नेपालको अर्थतन्त्रमा भारतको ठूलो योगदान रहेको छ,’ उनले भने।

अर्थमन्त्री खनालले नेपाल र भारतबीचको अर्थतन्त्रलाई मजबुद बनाउन नेपाल–भारत उद्योग वाणिज्य संघले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले भारत नेपालको प्रमुख व्यापार साझेदार छिमेकी मुलुक भएको बताउँदै भारतसँग नेपालले ऊर्जा, पूर्वाधारलगायतको क्षेत्रमा साझेदार गर्दै आएको बताए।

नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसीले संघले विगत तीन दशकदेखि नेपाल र भारतबीच व्यापार, व्यवसाय र लगानी अभिवृद्धिको क्षेत्रमा काम गर्दै आएको बताए।

कार्यक्रममा उद्योग व्यापारमार्फत राम्रो कर तिर्ने संघअन्तर्गतका कम्पनीलाई सम्मान गरिएको थियो। कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयबारे अन्तरक्रिया गरिएको थियो।

प्रकाशित: ४ पुष २०८२ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast