समीक्षा र रञ्जुसहित १७ जना रास्वपाको संघीय नेतृत्व मञ्चमा मनोनीत

हिमाल प्रेस ४ पुष २०८२ १५:३८ | Friday, December 19, 2025
28
SHARES
समीक्षा र रञ्जुसहित १७ जना रास्वपाको संघीय नेतृत्व मञ्चमा मनोनीत

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनीत गरेको छ। आज (शुक्रबार) बसेको सचिवालयको आकस्मिक बैठकले विवेकशील साझाबाट एकीकरण प्रक्रियामा आएका नेताहरूलाई मनोनीत गरेको हो।

मनोनीत हुनेमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, बिमला अधिकारी, रन्जु दर्शना,पवित्रा थापा, बिमल तामाङ, समुन्द्र केसी, दामोदर नेपाल, आशुतोष प्रधान, नवराज थापा रहेका छन्। त्यस्तै सुरज प्रधान, धनेज थापा, सुदन श्रेष्ठ, अजित खड्का, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाल रहेका छन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार पहिलो चरणमा प्रस्ताव गरिएकाहरूलाई मञ्चमा मनोनयन गरिएको हो। पहिलो राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको मञ्चका सदस्यहरूको वरीयता केन्द्रीय सदस्य सरह हुनेछ।

प्रकाशित: ४ पुष २०८२ १५:३८ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast