देउवा डडेलधुरा र आरजु कैलालीबाट सिफारिस

हिमाल प्रेस २ पुष २०८२ २०:५२ | Wednesday, December 17, 2025
44
SHARES
देउवा डडेलधुरा र आरजु कैलालीबाट सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट सिफारिस भएका छन्। देउवाको नाम सर्वसम्मतले सिफारिस भएको हो।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले जिल्लाबाट सर्वसम्मत रुपमा आएको सभापति देउवाको नाम प्रदेश कार्यसमितिले केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिएका छन्।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएका देउवा केही दिनअघि फागुन २१ को चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। देउवा डडेलधुराबाट निरन्तर चुनाल लड्दै आएका छन्।

जेनजी प्रदर्शनका बेला प्रदर्शनकारीको आक्रमणमा परेयता देउवाले उपसभापति खड्कालाई कार्यवाहकको जिम्मेवारी तोकेर सक्रिया राजनीतिबाट टाढा भएका छन्।

पार्टी बैठकहरूमा समेत जान छाडेका उनले भने प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न चाहेका छन्।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (धनगढी) क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस भएको छ।

यो क्षेत्रबाट प्रत्यक्षतर्फ राणासहित कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र धनगढी उपमहानगरपालिकाका पूर्वप्रमुख नृपबहादुर ओडको नामसमेत सिफारिस भएको छ।

प्रकाशित: २ पुष २०८२ २०:५२ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast