प्रहरीको बर्दी लगाएर लुटपाट गर्ने छ जना पक्राउ

हिमाल प्रेस ५ माघ २०७९ ६:३५
2
SHARE
प्रहरीको बर्दी लगाएर लुटपाट गर्ने छ जना पक्राउ सांकेतिक तस्बिर।

महोत्तरी- नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूहलाई प्रहरीले बर्दिबासबाट पक्राउ गरी कारवाही अघि बढाएको छ।

आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धाकधम्की दिएर लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

समूहका बर्दिबास–१४ का २२ वर्षीय निरज साह, गुड्डु भनिने २२ वर्षीय पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम लामा, बर्दिबास–१२ चल्कीटोलका शैलेन्द्र राउत र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका १९ वर्षीय दीपक राउतलाई पक्राउ गरी कारवाही बढाएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ परेका छ जनालाई नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्याद लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

गत पुस २८ गते बिहीबारका पूर्वपश्चिम राजमार्गको बर्दिबास–४ माइस्थान वनक्षेत्रबाट सर्लाहीको हरिऔनका बासिन्दा राहुलले आफूलाई कब्जामा लिएर भित्री जंगलमा पुर्‍याएर लुटपाट गरेको जाहेरी दिएलगत्तै खोजी गर्दा आरोपीलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट लुटपाट गरिएका सामानमध्ये घडी, ब्रासलेट र नगदबाहेक सबै सामान बरामद भएको प्रनाउ रावलले जानकारी दिए।

राहुलले तत्काल इलाका प्रहरी कार्यालय बर्दिबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएपछि उनीहरूको खोजी गरेर सबैलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रनाउ रावलले बताए। बर्दिबास नगरक्षेत्रमा यसअघि पनि प्रहरी हौँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने घटना हुने गरेको थियो।

प्रकाशित: ५ माघ २०७९ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast