मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए सर्वसम्मतले विश्वासको मत

हिमाल प्रेस ४ माघ २०७९ १६:५२ | Wednesday, January 18, 2023
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए सर्वसम्मतले विश्वासको मत

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभाबाट ‍विश्वासको मत प्राप्त गरेका छन्। १०७ सदस्यीय प्रदेशसभामा १०२ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी भएका १०२ जना प्रदेशसभा सदस्यहरूले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन्।

मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिए।  मुख्यमन्त्री यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन्।

त्यस्तै मधेश प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्री यादवलाई विश्वाससको मत दिएको छ। प्रदेशसभामा प्रतिपक्षमा बस्नेगरी कांग्रेसका २२ जना प्रदेशसभा सदस्यहरूले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए।

नेकपा एकिकृत समाजवादी पार्टीका ७ जना प्रदेशसभा सदस्यहरु समेत सदनमा प्रतिपक्षीमा बस्ने गरी विश्वासको मत दिएका हुन्।

प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएको छ। गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यहरुको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: ४ माघ २०७९ १६:५२ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast