काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ‘ओलीकुटी’ प्रति कटाक्ष गरेका छन्।
भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ‘ओलीकुटी’ बनाउन लागिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेताकार्यकर्ताको पहलमा उक्त घर बन्न लागेको दाबी गरिएको छ।
आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा टिप्प्णी भइरहेको छ। मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै कटाक्ष गरेका छन्।
‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ पुनले लेखेका छन्,‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो।’



