तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार : मधेशका मुख्यमन्त्री

हिमाल प्रेस ४ माघ २०७९ १४:१० | Wednesday, January 18, 2023
तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार : मधेशका मुख्यमन्त्री फाइल तस्बिर।

जनकपुरधाम- मधेश प्रदेशमा तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

बुधबार सभामुख र उपसभामुखको शपथ ग्रहण कार्यक्रममा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी दुईतीन दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिएका हुन्।

उनले उनले सबै दलसँग विश्वासको मत मागेकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रिपरिषद्मा सामेल गराउने बताए।

मधेश प्रदेशमा विभिन्न १० वटा राजनीतिक दल र केही स्वतन्त्र सांसद छन्। सात दलको समर्थनमा जसपाको संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

हालको मन्त्रिपरिषद्मा मुख्यमन्त्री र तीन जना बिनाविभागीय मन्त्री छन्। उनले आज विश्वासको मत लिँदैछन्।

प्रकाशित: ४ माघ २०७९ १४:१० | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast