काठमाडौँ- द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले आफू पोखरा जाने भएपछि नेकपा एमालेले जेनजीको कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।
‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं,’ गुरुङले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘र, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।’
तर, यसले आफ्नो कदम नरोक्ने चेतावनी उनले दिएका छन्। ‘किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,’ उनले लेखेका छन्।
प्रकाशित: १५ मंसिर २०८२ ११:३७
प्रतिक्रिया



