जेनजी आन्दोलनको वर्षदिन पूरा, आज सार्वजनिक बिदा

हिमाल प्रेस २३ भदौ २०८३ ६:२८ | Tuesday, September 8, 2026
जेनजी आन्दोलनको वर्षदिन पूरा, आज सार्वजनिक बिदा

काठमाडौँ- जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत वर्षको आजकै दिन काठमाडौँमा सुरु भएको आन्दोलनले नै राजनीतिक क्षेत्रमा कायापलट गर्‍यो।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो।

आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: २३ भदौ २०८३ ६:२८ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast