जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ

हिमाल प्रेस १४ मंसिर २०८२ १३:५७ | Sunday, November 30, 2025
10
SHARES
जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ

चितवन- पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन्। उनीहरूलाई कालिका नगरपालिका-६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो। पक्राउपर्नेमा रत्ननगर नगरपालिका-१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन्।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउपर्नेमा कालिका नगरपालिका-६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दंगाल छन्।

यस्तै, ५५ वर्षीय रामकुमार दंगाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्। उनीहरूको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए। उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो।

प्रकाशित: १४ मंसिर २०८२ १३:५७ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast