सुदूरपश्चिमको लगातार पाँचौँ जित, जनकपुर फेरि पराजित

हिमाल प्रेस १३ मंसिर २०८२ १९:१० | Saturday, November 29, 2025
10
SHARES
सुदूरपश्चिमको लगातार पाँचौँ जित, जनकपुर फेरि पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स लगातार चौथौ खेलमा पराजित भएको छ। सुदूरपश्चिम रोयल्सले लगातार पाँचौ जित निकाल्दै शनिबार जनकपुरलाई पराजित गरेको हो।

यो हारसँगै जनकपुरले क्वालिफाई हुने अवसर गुमाएको छ।

त्यस्तै यो जितसँगै प्लेअफका लागि क्वालिफाई गर्ने सुदूरपश्चिम पहिलो टिम बनेको छ। पाँच खेल खेलेको सुदूरपश्चिम सबैमा जित हात पार्दै १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा कायम छ।

जनकपुरले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो। सुदूरपश्चिमका लागि इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ५६ रन बनाए।

त्यस्तै ओपनर विनोद भण्डारीले ४२ रनको शानदार इनिङ खेले। कप्तान दिपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रन बनाएर नटआउट रहे।

जनकपुरका लागि माज सदाकतले २, सञ्जय कृष्णामुर्ती र आदित्य महताले १–१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरको सुरूवात खराब रह्यो। ओपनिङका लागि आएका आसिफ शेख शून्य रनमा आउट हुँदा माज सदाकतले १२ रन बनाए।

सञ्जय कृष्णामुर्तीले ५० र जान निकोल लफ्टि इटनले ३९ रन बनाए पनि अन्य ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्।

जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको जनकपुरले शनिबारको खेलमा अनिल साहलाई विश्राम दिएर वायन पार्नेललाई कप्तान बनाएको थियो।

सुदूरपश्चिमका लागि स्कट कुगलेनले ३, अविनाश बोहराले ४ र दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

प्रकाशित: १३ मंसिर २०८२ १९:१० | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast