मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

हिमाल प्रेस ४ माघ २०७९ ९:०८ | Wednesday, January 18, 2023
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने फाइल तस्बिर।

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिँदैछन्। आज बिहान ११ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादव पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए। पछि लोसपाले समर्थन दिँदा उनलाई हाल ७२ सांसदको समर्थन छ।

आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक-एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित ७२ प्रदेश सांसदको समर्थन छ।

प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ सांसदको शपथ विवादको कारण रोकिएको छ। हालसम्म कांग्रेस २२, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र तीन स्वतन्त्र सांसद प्रतिपक्षमा छन्।

प्रकाशित: ४ माघ २०७९ ९:०८ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast