शेख हसिनालाई २१ वर्षको जेल सजाय

हिमाल प्रेस ११ मंसिर २०८२ १५:३१ | Thursday, November 27, 2025
14
SHARES
शेख हसिनालाई २१ वर्षको जेल सजाय

काठमाडौँ- बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय सुनाएको छ। सत्ता दुरुपयोगसहितका अन्य मुद्दाहरूमा अदालतले हसिनालाई यो सजाय सुनएको हो।

त्यस्तै उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच–पाँच वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ।

हसिना र उनको परिवारलाई कुनै पनि निवेदनविना नै उनीहरूको अधिकार क्षेत्रबाहिर पर्ने जग्गा हस्तान्तरण गरिएको अदालतले भनेको छ।

यो फैसला ढाकास्थित पाँचौँ विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले सुनाएका हुन्।

यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध अधिकरण (इन्टरनेसनल क्राइम्स ट्राइब्युनल) ले पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित: ११ मंसिर २०८२ १५:३१ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast