कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस ११ मंसिर २०८२ १३:१४
14
SHARES
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast