गगन थापाले भने- अब विशेष महाधिवेशनको विकल्प छैन

हिमाल प्रेस ८ मंसिर २०८२ १४:०६ | Monday, November 24, 2025
18
SHARES
गगन थापाले भने- अब विशेष महाधिवेशनको विकल्प छैन

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन्। उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

थापाले लेखेका छन्, ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ।’

यसैगरी थापाले पार्टी वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा चुनाव नलड्ने पनि स्पष्ट पारेका छन्। ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ’, थापाले लेखेका छन्।

सोही कारण आफूहरूले निर्वाचनअगाडि नै महाधिवेशनको कुरा उठाइरहेको उनको भनाइ छ। थापाले लेखेका छन्, ‘अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’

प्रकाशित: ८ मंसिर २०८२ १४:०६ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast