प्रगतिशील लोकतान्त्रिक पार्टीको पहिलो अध्यक्ष सन्तोष परियार, संरक्षक डा. बाबुराम भट्टराई

हिमाल प्रेस ७ मंसिर २०८२ ११:२२ | Sunday, November 23, 2025
524
SHARES
प्रगतिशील लोकतान्त्रिक पार्टीको पहिलो अध्यक्ष सन्तोष परियार, संरक्षक डा. बाबुराम भट्टराई

काठमाडौँ-  प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को मा सातजनाको अध्यक्षमण्डल आइतबार घोषणा हुँदै छ। सातजना अध्यक्ष मण्डल रहने उक्त पार्टीमा सन्तोष परियार पहिलो अध्यक्ष हुने भएका छन्। परियार विघटित प्रतिनिधिसभा सदस्य हुन्। उनी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा थिए।

अध्यक्ष मण्डलमा सन्तोषसहित सुदन किराँती, दुर्गा सोब, मधेशी प्रतिनिधित्व, जेनजी प्रतिनिधित्व रहने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले आइतबार हिमालप्रेसलाई जानकारी दिए।

प्रलोपाको केन्द्रीय सदस्य  १५१ जनाको हुनेछ। दुर्गा संयोजक रहेको नयाँ शक्ति, सुदन किराँती संयोजक रहेको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियारबीच आज एकता घोषणा हुन लागेको हो।

पार्टीमा डा.बाबुराम भट्टराई संरक्षक रहनेछन्। यसैगरी पार्टीको नीति परिषद्‌मा जनार्दन शर्मा, राम कार्कीलगायतका नेता रहेनछन्।

अध्यक्ष मण्डलको एक पद भने खाली राखिएको छ। शर्माका अनुसार सोमबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता हुँदै छ।

एकतापछि अध्यक्ष मण्डलले पूर्णता पाउनेछ।

प्रकाशित: ७ मंसिर २०८२ ११:२२ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast