अस्ट्रेलिया–इंग्ल्यान्डबीचको एशेज सिरिजको पहिलो टेस्ट दुई दिनमै सकियो

हिमाल प्रेस ६ मंसिर २०८२ १७:३९ | Saturday, November 22, 2025
16
SHARES
अस्ट्रेलिया–इंग्ल्यान्डबीचको एशेज सिरिजको पहिलो टेस्ट दुई दिनमै सकियो

काठमाडौँ- अस्ट्रेलिया र इंग्ल्यान्डबीच जारी एशेज सिरिजको पहिलो टेस्ट दुई दिनमै सकिएको छ। अस्ट्रेलियाले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेपछि पहिलो टेस्ट दुई दिनमै सकिएको हो।
अस्ट्रेलियाले दुई दिनमै पहिलो टेस्ट म्याच जित हात पार्‍यो।

अस्ट्रेलियाको पर्थमा खेलिएको पहिलो टेस्ट म्याचमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर, इंग्ल्यान्ड टिम १७२ रनमै अलआउट भयो।

यसको जवाफमा ब्याटिङका लागि उत्रिएको अस्ट्रेलिया १३२ रनमा अलआउट भयो। इंग्ल्यान्डले दोस्रो इनिङमा १६४ रन बनाउँदै अस्ट्रेलियासामु २०५ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

दोस्रो इनिङमा अस्ट्रेलियाका ब्याटर ट्रेविस हेडले आक्रामक इनिङ खेल्दै ८३ बलमा १२३ रन बनाए।

यो म्याचमा १० लिएका अस्ट्रेलियाका बलर मिचेल स्टार्क प्लेयर अफ दल म्याच भए।

प्रकाशित: ६ मंसिर २०८२ १७:३९ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast