समन्वय एकाइ प्रमुखहरूलाई शिक्षामन्त्रीले भने- शिक्षकलाई पक्षपातपूर्ण काम नगर्नू

हिमाल प्रेस ५ मंसिर २०८२ ९:३९ | Friday, November 21, 2025
130
SHARES
समन्वय एकाइ प्रमुखहरूलाई शिक्षामन्त्रीले भने- शिक्षकलाई पक्षपातपूर्ण काम नगर्नू महावीर पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जिल्ला विकास तथा समन्वय एकाइ प्रमुखहरूले शिक्षकलाई प्रदान गर्नुपर्ने सेवामा निष्पक्षता अनिवार्य रहेको बताएका छन्।

उनले केही प्रमुखहरूले पक्षपातपूर्ण शैलीमा काम गरेको गुनासो आफूले सुनेको शुक्रबार सामाजिक सञ्जालमा उल्लेख गर्दै तत्काल सुधारको आग्रह गरे।

‘नढाँटीकन् भन्नुपर्दा केही प्रमुखज्यूहरूले पक्षपातपूर्ण तरिकाले काम गरेको गुनासोहरू आएको छ। सबै शिक्षकले समान सेवा पाउनुपर्छ,’ उनले भने।

मन्त्री पुनले मन्त्रालयमा बसेपछि देशभरबाट आउने गुनासो सुन्नु आफ्नो दायित्व भएको बताउँदै उनले शिक्षा प्रशासनमा देखिएका बेथिति हटाउन प्रतिबद्धता व्यक्त गरे। मन्त्री पुनले शिक्षासँग सम्बन्धित सरकारी सेवामा पारदर्शिता र जिम्‍मेवारिता प्राथमिकता हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ मंसिर २०८२ ९:३९ | Friday, November 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast