एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

हिमाल प्रेस १ मंसिर २०८२ ९:४७ | Monday, November 17, 2025
18
SHARES
एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ- एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ। आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले भारतलाई आठ विकेटले हराएको हो।

सुरुमा ब्याटिङ गरेको भारत ‘ए’ले १९ ओभर खेल्दा सबै विकेट गुमाएर १३६ रन बनाएको थियो। उसका लागि ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४५ रन जोड्दा नमन धिरले ३५ रन थपे। हर्ष दुवेले १९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

पाकिस्तानका लागि शाहिद अजिजले तीन विकेट हात पार्दा साद मसुद र माज सदाकातले समान दुईदुई विकेट लिए।

१३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर दुई बल खेल्दा आठ विकेटको जित निकालेको हो। उसका लागि ओपनर माज सदाकतले अर्धशतकीय इनिङ्स खेले। ४७ बल खेल्दा चार छक्का र सात चौका हिर्काएका उनले ७९ रन बनाएका हुन्।

अलराउन्ड सदाकतको उत्कृष्ट प्रदर्शनले पाकिस्तान भारतलाई हराउँदै एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो। समूह ‘बी’मा रहेको पाकिस्तान चार अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको भारले दुई अंक मात्र जोडेको छ। यो समूहमा रहेको ओमानलेसमेत दुई अंक जोडेको छ। यो समूहमा भारत, पाकिस्तान, यूएई र ओमान छन्।

समूह ‘ए’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ छन्। यो समूहबाट बंगलादेश र अफगानिस्तानले दुईदुई अंक जोड्दा हङकङ र श्रीलंका अंकबिहीन छन्।

प्रकाशित: १ मंसिर २०८२ ९:४७ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast