मुख्यमन्त्री पुगेपछि मधेश प्रदेश प्रमुखले बोलाएको बैठक सात दलद्वारा बहिष्कार

हिमाल प्रेस २९ कार्तिक २०८२ १७:५३ | Saturday, November 15, 2025
26
SHARES
मुख्यमन्त्री पुगेपछि मधेश प्रदेश प्रमुखले बोलाएको बैठक सात दलद्वारा बहिष्कार

जनकपुरधाम– मधेश प्रदेशमा उत्पन्न राजनितीक अस्थिरता अन्त्यका लागि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।

प्रदेश प्रमुख लाभले बोलाएको सर्वदलीय बैठकमा एमालेका तर्फबाट मुख्यमन्त्री सरोज यादव सहभागी भएपछि आन्दोलनरत सातदलीय गठबन्धनले बैठक बहिषकार गरेको हो।

नेपाली कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले गैरलोकतान्त्रिक र असंवैधानिक रूपमा नियुक्त भएका वर्तमान मुख्यमन्त्री बैठकमा सहभागी हुने भएकाले सातदलीय गठबन्धनले बैठक बहिष्कार गरेको बताए।

उनले भने, ‘लुकेर नियुक्ति लिई होटलमा सपथग्रहण गर्ने असंवैधानिक मुख्यमन्त्रीका विरूद्ध हामी अदालतमा रिट दायर गरेका छौँ। उहाँ हाम्रा लागि आरोपित हुनुहुन्छ, त्यसैले बैठक बहिष्कार गरेर बाहिर निस्केका छौँ।’

झाले एमालेसँग आफूहरूको कुनै आपत्ति नभए पनि मुख्यमन्त्रीको रूपमा सहभागी भएपछि बैठक बहिष्कार गरेको जिकिर गरे।

सातदलीय गठबन्धनले बैठक बहिष्कार गरेपछि एमालेसहित सरकारमा सहभागी नेपाल संघीय समाजवादी पार्टी र राप्रपासँग प्रदेश प्रमुखले छलफल गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८२ १७:५३ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast