फाइल तस्बिर
सुर्खेत- दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ।
दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ।
जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन्।
प्रकाशित: २८ कार्तिक २०८२ ९:३४ | Friday, November 14, 2025
प्रतिक्रिया




